Our Profile

Our Profile

महामानव गौतम बुद्धको मावली स्थल प्राचिन कोलिय गणराज्य (पूर्वमा नारायणी नदी देखी पश्चिम रोहिणी नदी किनार, उत्तरमा चुरे श्रृखला दक्षिणमा भारत सम्मको भुभाग) को राजधानी प्राचिन देवदहमा सहकारी मुल्य मान्यता र सिद्धान्त अनुरुप सदस्यको आयबाट नियमीत रुपमा बचत गरि सदस्यको सिप र क्षमता अभिवृद्धि गरी आयआर्जन कार्यमा टेवा पुर्याउने उदेश्य अनुरुप तत्तकालीन सहकारी ऐन २०४८ को दफा १२ को उपदफा १ बमोजीम मिति २०६२ कार्तिक १९ गतेको प्रारभ्भिक भेलाले संस्थापक अध्यक्ष श्री कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा गठन गरेको देवदह बचत तथा ऋण सहकारी संस्था लि. र २०६१ साउन १ गतेको प्रारभ्भिक भेलाले संस्थापक अध्यक्ष श्री तुल्सीराम शर्माको अध्यक्षतामा गठन गरेको कोलिय बचत तथा ऋण सहकारी संस्था लि. बीच २०७५ माघ ५ गते एकीकरण घोषणा सभा सम्पन्न गरि कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लि.लाई विधिबत् रुपमा २०७५ चैत्र २० गतेका दिन एकीकरण प्रमाण पत्र प्राप्त गरि अगाडी बढेका छौ ।

त्यसै गरि देवदह नगरपालिका वार्ड न. ९ मा रहेको मिति २०६७ चैत्र ३० गते तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था लि. को नामबाट डिभिजन सहकारी कार्यालय रुपन्देहीमा ३० जना संस्थापक सदस्यहरूको उपस्थितिमा दर्ता भएको संस्था २०७६ आश्विन ११ गते एकिकरण गरि उक्त स्थानमा कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लि. को तारापुन्ज सेवा केन्द्रको रुपमा संचालन गर्दै आएका छौ ।